शिक्षकलाई प्राथमिक उपचार तालिम

हिमाल एफ.एम.
सोलुखुम्बु, माघ २५

सोलुखुम्बुका शिक्षकहरुलाई प्राथमिक उपचार सम्बन्धि ३ दिने तालिम दिईएको छ ।

गैरसरकारी संस्था रीड नेपालको आयोजनामा नमूना विद्यालयका लागि छनौट ७ विद्यालयका शिक्षकशिक्षिकाहरुलाई प्राथमिक उपचार तालिम प्रदान गरिएको हो । संस्थाले नमूना विद्यालयका लागि विद्यालय छनौट गरि ३ बर्षे कार्यक्रम संचालन गरिरहेको छ । तालिममा अधिंकाश प्रध्यानाध्यापकको सहभागीता रहेको छ ।

बुढाकिन्जा आधारभूत विद्यालय लिखुपिकेका प्रध्यानाध्यापक होम बहादुर प्रधानले प्राथमिक उपचारको तालिम फलदायी बन्ने बताए । उनले भने, ‘स–साना विद्यार्थीमा लाग्ने चोटपटक, खानपिनबाट हुने दुर्घटनाका समयमा जोखिम बढ्न नदिनका लागि दर्जनौ ज्ञान र सीप पाएका छौ ।’ व्यवहारिक रुपमा उतार्ने गरि तयारी भएको उनको भनाई छ ।

गार्मा माविका शिक्षिका मैना घिमिरेले विद्यालयको लागि तालिम महत्वपुर्ण रहेको बताईन् । ‘विद्यालय क्षेत्र भित्र हुने दर्घटना र लाग्ने चोटपटकमा प्राथमिक उपचार अनिवार्य छ ।’ उनले भनिन्, ‘आवश्यकता पुर्ती गर्न यो तालिमले सघाएको छ ।’ विद्यार्थी–विद्यार्थी बीचको झगडा, खेलकुदका क्रियाकलापमा हुने दुर्घटनाबाट जोखिम कम गर्नका लागि अत्यावश्यक सीप पाएको घिमिरेको भनाई छ ।

रामपुर आधारभूत विद्यालयका प्रध्यानाध्यापक केदार खतिवडाले तालिम अपेक्षा भन्दा प्रभावकारी भएको बताए । उनले भने, ‘तालिम सामान्य होला भन्ने थियो तर निकै प्रभावकारी बन्यो । विद्यालय क्षेत्रमा हुने दुर्घटनाबाट थप जोखिम नबढाउनका लागि आवश्यक ज्ञान र सीप पाएका छौ ।’

प्राथमिक उपचारसम्बन्धि तालिम दिएको रीड नेपालले उपचारका लागि आवश्यक सामाग्री समेत उपलब्ध गराउने छ । शिक्षा विकास संयोजक केशव गिरीले नमूना विद्यालयका लागि काम गरिरहेकाले प्राथमिक उपचारको सीप र सामाग्री पनि आवश्यक रहेको बताए । उनले भने, ‘अहिले हामीले तालिम दियौ, व्यवहारिकताका लागि उपचार सामाग्री पनि वितरण गर्नेछौ ।’ ३ बर्षमा विद्यालयलाई नमूना विद्यालय बनाउने उद्देश्य अनुरुप नै काम गरिरहेको गिरीले बताए ।

तालिमका सहजकर्ता तथा जिल्ला रेडक्रस सोसाईटीका कार्यक्रम अधिकृत कृष्ण पोखरेलले ग्रामिण भेगमा प्राथमिक उपचार महत्वपुर्ण र प्रभावकारी मानिएको बताए । उनले भने, ‘विद्यालयमा सयौँ विद्यार्थी हुने भएकाले पनि विभिन्न खाले दुर्घटनाबाट हुने जोखिमलाई क मगर्नका लागि यो उपचार द्धिती अनाईन्छ । जुन प्रभावकारी देखिएको छ ।’ शिक्षकहरुमा प्राथमिक उपचारको सीप दिलाउने काम भएकोले आवश्यक पर्दा व्यवहारिक बनाउन सक्नुपर्ने पोखरेलले बताए ।

रीड नेपालले जिल्लाका त्रिभुवन विद्योदय आवि मुक्लि, पेल्माङ मावि बुङ, रामपुर आवि काँकु, लिढुंगा आवि सोताङ, शहिद नरनाथ आवि नेचा, बुडाकिन्जा आवि भकान्जे र गार्मा मावि गार्मालाई नमूना विद्यालयका लागि छनौट गरि विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु