शहिद दिवस ! लास माथी फूल राख्दैमा (भिडियो सहित)

सोलुखुम्बु । आज माघ १६ गते । परिवर्तनका लागी ज्यानको बलिदानी दिने ज्ञात अज्ञात शहिदहरुको योगदानको सम्झना गर्ने दिन । मूलुकभर विभिन्न कार्यक्रम गरि शहिद दिवस मनाईदै गर्दा शहिदका सपना भने अपुरै रहेका छन् । देशमा शान्ति र सु–व्यवस्थाको कामना गर्दै जनजिविकोको परिर्वतनका खातिर प्राण त्यागेकाहरुलाई मात्रै दिवसको दिन फूलमाला पहि¥याउने र मौनधारण गरेर सम्झनाने भन्दा ठूलो उपलब्धि भएको देखिदैन् ।

16299457_1177010482336553_6019651175635522578_n

विभिन्न समयमा भएको आन्दोलन र युद्धले व्यवस्था परिर्वतन गरेपनि जनताको मुहारमा खुसिका किरण झुल्किन सकेको छैन् । देशले राणाशासन, पञ्चायतकाल, प्रजातन्त्र पार गर्दै लोकतन्त्र गणतन्त्रको व्यवस्था आत्मसाथ गरेपनि जनताको व्यथा उस्तै हुनुले शहिदका सपना कुल्चिएको अनुभूति जो कोहि हुने गर्दछ । सायद, शहिदका सपना पुरा नभएको यर्थाथलाई प्रगतीशील गायक बद्रि पंगेनीले लोकलयमा मार्मिक तवरले प्रस्तुत गरेका होलान् ।

लास माथी फूल राख्दैमा शहिदका सपना साकार हुन्न हजुर
लागी परौ जनताको पिवर मर्का दुख व्यथा सुन्न हजुर

गीतले बोलेजस्तै बर्षको एक दिन शहिदको शालिक नजिक पुगेर फूलमाला लगाईदिने र योगदानको चर्चा गरिदिने बाहेक अरु कुनै काम भएको छैन् । लामो समय देखिको राजनितिक अस्थिरताले देशमा दीगो विकास र शान्ति स्थापना हुन सकिरहेको छैन् । मरेका त मरिहाले बाँचेकाले मरेका शहिदहरुको सपना साकार पार्न तर्फ लाग्नुपर्ने भएपनि व्यक्तिगत तथा पाटीगत स्वार्थका कारण कुनैपनि शहिदको सपना साकार भएको छैन् । यहि यर्थाथ पंगेनीको गीतमा भेटिन्छन् ।

सवलाई थाहा छ अहिलेसम्म कुन शहिदको सपना साकार भाछ यो देशमा
गर्नेहरु भोकै मर्छन् नगर्नेले बसि बसि खा छ यो देशमा
लास माथी फूल राख्दैमा …………

यहि अवस्थालाई चिर्दै देशमा शान्ति र विकासको मूल फुटाउन सरकार, राजनितिक दल र जनता आँफैमा प्रतिवद्ध भएर लाग्न आवश्यक छ । होईन भने अझै सयौ बर्ष यो देश यहि अन्यौलता र भद्रगोलताको भूमरीमा फसिरहनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु