विपद् व्यवस्थापन सम्बन्धि २०बुँदे निर्णय


हिमाल एफ.एम.
सोलुखुम्बु, कात्तिक १९

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले विभिन्न विषयमा २० बुँदे निर्णय गरेकोगरेको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालको अध्यक्षतामा बसेको वैठकले जिल्लामा एउटा पनि शववाहन नहुँदा शव ढुवानीमा भईरहेको समस्या समाधानका लागि प्रदेश सरकारको सम्बन्धित मन्त्रालयमा माग गर्ने, सडक दुर्घटना न्यूनिकरणका लागि ग्रामिण सडक मर्मत गर्ने, ट्राफिक संकेत राख्ने लगायतका कार्यक्रमका लागि स्थानीयतहलाई पत्राचार गर्ने, आगोलागीका घटना न्यूनिकरणका लागि हरेक स्थानीयतहमा आगो नियन्त्रण तथा उद्धारका विषयमा कृतिम अभ्यासकाका र्यक्रम संचालन गर्ने निर्णय गरिएको छ ।

सबै स्थानमा दमकलको पहूँच नपुग्ने भएकाले आगोलागी नियन्त्रणका लागि घटना वस्तिको माथिल्लो भागमा पानीपोखरी निर्माण गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।

वैठकले लिखुपिकेका अग्नीपिडित गणेश बहादुर बस्नेतलाई ५० हजार राहत उपलब्ध गराउने र सल्यानका अग्नीपिडित चन्द्रप्रकाश कोईरालालाई राहतको लागि प्रदेश तथा विपद् व्यवस्थापन समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ भने बर्षाको कारण भाडाँ पसल संचालन गर्दै आएको घर भत्किएर क्षति व्यहोरेका सुमन्त कुमार श्रेष्ठलाई १० हजार राहत प्रदानगर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाहीले जानकारी दिईन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु