व्यवसायी हत्या गर्ने ३ अभियुक्त पक्राउ परेको प्रहरीको भनाई

बिक्रम श्रेष्ठ, फागुन ११– सोलुखुम्बुको चौरीखर्क फक्दिङमा एक ब्यापारीको हत्या गर्ने अभियुक्तहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले आधिकारीक जानकारी दिएको छ । गत माघ १९ गते फाक्दीङका स्टरा होटल मालिक ज्याल्जेन शेर्पाको गोली हानी हत्या गर्ने ३ ती अभियुक्तहरु फेला परेका हुन् । पक्राउ पर्नेहरुमा सोलुखुम्बु वाकु ४ का बर्ष २३ का निमा देण्डी शेर्पा, गुदेल ९ का बर्ष २१ का अनिल बहादुर राई तथा खोटाङ जलेश्वरी ३ का बर्ष २२ का सरन कुमार राई रहेका छन् । उनीहरु तिनै जना फरक फरक स्थानमा पक्राउ परेका हुन् । निमा देण्डी शेर्पालाई लुक्ला १ बाट पक्राउ परेका हुन भने सरन कुमार राई नाम्चेबाट पक्राउ परेका हुन् । त्यस्तै अनिल बहादुर राई काठमाडौा बाट पक्राउ परेको प्रहरी नायब उपरिक्षक बद्रि बिक्रम थापाले जानकारी दिनुभएको छ । पक्राउ परेका तीनै जनालाई सदरमुकाम सल्लेरी ल्याईदै छ । भोली दिउसो सम्म उनीहरुलाई सल्लेरी ल्याईसक्ने प्रहरीले जनाएको छ । उनीहरुले लुकाईराखेको अबस्थामा ९ एम एमको एक थान अमेरिकन पेस्तोल, दुई थान कटुवा पेस्तोल, त्यसमा लाग्ने तीन राउण्ड गोली समेत बरामद भएको छ । ती हतियारहरु लुकाईराखेको अबस्थामा चौलीखर्क ८ लुक्लाको केङमा जंगलमा भेटिएको हो । अभियुक्तहरुलाई भोली नै सार्बजनिक गरिने प्रहरीले जनाएको छ । अपराध भएको दुई हप्ता पछि जिल्ला प्रहरी सोलुखुम्बु तथा केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँको संयुक्त प्रयासमा उनीहरु पक्राउ परेका हुन् । साथै अनुसन्धानकै क्रममा लुक्लामा पक्राउ परेका संखुवासभाका ईन्द्रहाङ लिम्बुखिमका बारेमा पनि अनुसन्धान भईरहेको र हात हतियार तथा खरखजनामा मुद्या चलिरहेको छ । उनी गत माघ २५ गते पक्राउ परेका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु