वैकल्पिक सडकको स्तरन्नतीमा नगरपालिकाको जोड

हिमाल एफ एम.
सोलुखुम्बु, मंसिर १५

सोलुदुधकुण्ड नगरपालिकाले वडा नं १० जन्तरधाप टाप्टिङ देखि वडा नं ९ गोरखानी –सिसाखोला–मेराङदिङ्–भित्ताखर्क–खोरिया हुँदै सल्लेरी जोड्ने सडकको स्तरउन्नतीको काम शुरु गरिने भएको छ ।

ट्रयाक ओपन गरेसंगै जन्तरधाप–सल्लेरीको वैकल्पिक र छोटो दुरीको सडकको स्तरोन्नतीका प्राथमिकतामा राखेर अघि बढेको नगरपालिकाले जनाएको छ । उक्त सडकको स्तरोन्नतीका लागि चालु आर्थिक बर्षमा नगरपालिकावाट एक करोड २५ लाख विनियोजन गरिएको छ । भने प्रदेश सरकारवाट विनियोजित एक करोड ५० लाखको खर्चको अख्तियारी समेत प्राप्त भईसकेको मेयर नाम्गेलजाङबु शेर्पाले जानकारी दिए । ‘छिट्टै २ करोड ७५ लाखको लागतमा स्तरोन्नती थालिनेछ ।’ मेयर शेर्पाले भने, ‘सडक संचालनमा आएपछि गोराखानी, केरुङ र टाप्टिङका नागरिकलाई सदरमुकाम सल्लेरीसम्म आवतजावतमा सहज हुनेछ ।’

सडक संचालनमा आएसंगै सल्लेरीका लागि पत्ताले, बेलिडाँडा, तिङलाको घुमाउरो बाटो घुम्नुपर्ने बाध्यता र बर्खामा साल्मे पहिरोको अवरोध समेत सामना गर्न नपर्ने मेयर शेर्पाको भनाई छ । खोरिया–सल्लेरी जोड्ने सोलुखोलाको मोटरेबल पुल निर्माण काम पनि अन्तिम चरणमा पुगेकाले नागरिकलाई नगरपालिकाको केन्द्र धाउन समेत सहज हुने विश्वास लिईएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!