वेल्सलाई हराउँदै पोर्चुगल युरोकप फुटबलको फाइनलमा

111काठमाडौं, असार २३ – वेल्सलाई हराउँदै पोर्चुगल फ्रान्समा जारी युरोकप फुटबलको फाइनल प्रवेश गरेको छ।

गएराति भएको खेलमा वेल्सलाई २–० गोल अन्तरले पराजित गर्दै पोर्चुगल १२ वर्षपछि युरोकप फुटबलको फाइनल प्रवेश गरेको हो। पोर्चुगललाई फाइनलसम्म पुर्याउन क्रिष्टियानो रोनाल्डो र नानी नायक बने।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा तीन मिनेटको अन्तरमा दुई गोल गर्दै पोर्चुगल फाइनल पुगेको हो। खेलको ५० औँ मिनेटमा रोनाल्डोले गोल गर्दै सुरुवाती अग्रता दिलाए। यस्तै खेलको ५३ औँ मिनेटमै नानीले पोर्चुगलको अग्रता दोब्बर पारे।

बाँकी समयमा दुवै टोलीले गोल गर्न नसकेपछि पोर्चुगल २–० ले विजयी हुँदै १२ वर्षपछि युरोकप फुटबलको फाइनल पुगेको हो।

पोर्चुगलले उपाधिका लागि फ्रान्स र जर्मनीबीचको विजेतासँग खेल्नेछ।

Comments

comments

सम्बन्धित शीर्षकहरु