वीर अस्पतालमा अख्तियारको छापा

हिमाल एफ.एम. साउन १५ । मुलुकको जेठो अस्पताल वीर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।

आवासीय चिकित्सकहरुको आन्दोलनका कारण आफैं थलिएको वीर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा पारेको हो। आर्थिक अनियमिततासम्बन्धी उजुरी परेका कारण छापा मारिएको अख्तियारले जनाएको छ।

अख्तियारले अस्पतालको महत्वपूर्ण कागजात समेत नियन्त्रणमा लिएकोछ। वीर अस्पतालका आवासीय चिकित्सकहरुले चारबुँदे माग राखेर ५ दिनदेखि आन्दोलन गरिरहेका छन्। अस्पतालमा चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि विरामीहरुलाई समस्या परेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!