विश्व दृष्टि दिवस, सोलुखुम्बुमा पनि मनाईयो (फोटोफिचर)

शिखर गजरकोटे
सोलुखुम्बु, २६ असोज

आज विश्व दृष्टि दिवस, सोलुखुम्बुमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । जिल्ला सामुदायीक आँखा केन्द्र फाप्लुले सोलुदुधकुण्ड नगरपालिका अन्तरगत जैदुमा चेतनामूलक अभिमूखिकरण कार्यक्रमको आयोजना गरि दिवस मनाईएको हो । अभिमूखिकरणमा सहभागी करिब एक सय सर्वसाधारणलाई आँखाका रोगहरुका बारेमा जानकारी दिईएको छ भने, आँखाको सुरक्षाका बारेमा बताईएको छ । त्यस्तै, दिवसको अबसरमा आँखा केन्द्रमा परिक्षणका लागि पुगेका २१ जना नागरिकको दर्ता निशुल्क गरिएको छ ।

नगरपालिका ५ जैदुमा गरिएको चेतनामूलक कार्यक्रम पछिको सामुहिक तस्विर
स्रोत-पुष्पबाबु बस्नेतको फेसबुक

यसैबीच, सवैका लागि आँखा स्वास्थ्य, दृष्टिको महत्व बुझौ, विश्व दृष्टि दिवस मनाऔ, भन्ने नाराका साथ मनाईएको दिवसको अबसरमा सामुदायीक आँखा केन्द्रले पत्रकार सम्मेलन गरि आँखा स्वास्थ्य सम्बन्धि विश्वव्यापी तथ्यहरु प्रस्तुत गरिएको थियो । नेपाल पत्रकार महासंघको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा सामुदायीक आँखा केन्द्रका प्रमुख पुष्पबाबु बस्नेतले बालबालिकाको आँखा सुरक्षामा अविभावकले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले प्रविधिको विकास संगै लामो समय टेलिभिजन र मोबाईल हेर्ने, खेल खेल्ने, कार्टुन हेर्ने बानीले बालबालिकाको आँखामा असर पार्ने भएकाले अविभावकले ख्याल गर्नुपर्नेमा जोड दिनुभएको हो ।

पत्रकार सम्मेलनमा सामुदायीक आँखा केन्द्र फाप्लुका प्रमुख पुष्पबाबु बस्नेत र नेपाल पत्रकार महासंघ सोलुका अध्यक्ष मनोज कुमार श्रेष्ठ

प्रमुख बस्नेतले अधिकांश नागरिक आँखाको सुरक्षामा संवेदनशील नबने गरेकाले पनि दृष्टि गुमाउन पुग्ने गरेको बताउनुभयो । जिल्ला सामुदायीक आँखा केन्द्रमा बुढ्यौली उमेर समूहका सर्वसाधारण आँखा परिक्षणका लागि आउने गरेको उहाँको भनाई छ । दिवसको अबसरमा दृष्टि दोषवाट बच्नका लागि नियमित आँखा परिक्षण गराउन आग्रह समेत गर्नुभयो । आँखा केन्द्रले चालु बर्षमा पनि आखाँ सुरक्षाको चेतना प्रवाह गर्न विभिन्न माध्यमवाट प्रचार, विद्यार्थीको आँखा परिक्षणका लागि स्कुल कार्यक्रम, शिविर लगायतका कार्यक्रम संचालन गर्नेछ ।

पत्रकार सम्मेलन पछि आँखा केन्द्रका कर्मचारी र पत्रकारको सामूहिक तस्विर

भिडियो हेर्नुस्

तस्विर तथा भिडियो-शिखर गजरकोटे

Comments

comments

सम्बन्धित शीर्षकहरु