विश्वकप फुटबलको ट्रफी नेपाल ल्याईंदै

पौष ६ , नेपालमा विश्वकप फुटबलको ट्रफी भित्रने भएको छ । फिफा वल्र्डकप ट्रफी टुरको टोलीले आज भुटानबाट ट्रफीलाई नेपाल ल्याउने छन् । भुटानबाट ट्रफीलाई फिफाको विशेष विमानमा राखेर नेपाल भित्र्याउने तयारी भएको अखिल नेपाल संघ एन्फाले जनाएको छ ।

छनोट प्रतियोगिताको दोस्रो चरणभन्दा माथि उक्लन नसकेको नेपालमा विश्वकपको असली ट्रफी भित्रन लागेको भने यो पहिलो अवसर हो । उक्त ट्रफी बिहान साढे ९ बजेपछि विमानस्थलमा आइपुग्ने एन्फाले जनाएको छ ।

रंगशालामा राखिने ट्रफिलाई राष्ट्रपति डा. रामबरण यादबले सार्वजनिक गर्नुहुनेछ । उक्त ट्रफीलाई राष्ट्रिय टोलीका खेलाडी, एन्फाका पदाधिकारी, ‘ए’ डिभिजन क्लबका पदाधिकारी, खेलाडी र तीन हजारभन्दा बढी कोकाकोला उपभोक्ताले विश्वकप ट्रफीसँग बसेर फोटो खिच्ने अवसर पाउनेछन् । कोकाकोलाले विश्वकप ट्रफीलाई विश्वका विभिन्न देशमा घुमाउने क्रममा नेपालमा पनि ल्याएको हो ।

ट्रफीलाई सुरक्षित रुपमा प्रदर्शन गर्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति कार्यक्रममा सहभागि हुने भएकाले पनि सुरक्षा व्यवस्था कडा पारिएको हो । ट्राफिक व्यवस्थापनका लागि फिफाबाट पनि १६ जनाभन्दा बढी सुरक्षाकर्मी आउनेछन् । उक्त ट्रफीलाई बेलुका भने सोल्टी होटलमा राखिनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु