‘विरही’ को विरही गीत (भिडियो सहित)

सोलुखुम्बु । गायन र सृजनाका पाटोमै अब्बल देखिएका सागर विरही तनहूँका गौरव हुन् । घिरिङमा जन्मेका विरहीले लोकसंगीतमा एक दशक संघर्षमय विताए । वर्तमानमा संगीतसंयोजनमा व्यस्त देखिएका विरहीले व्यवसायीक सृजना र गायनलाई पनि उत्तिकै सवल रुपमा अघि बढाएका छन् ।

मेहनेती स्वभावका उनलाई नजिकवाट चिन्नेहरु मौलिक सृजनाका संभावनाका खानिको रुपमा चित्रित गर्ने गरेका छन् । सायद, विरहमा बग्ने भकालेनै नामको पछाडी ‘विरही’ उपनाम राखे । नाम अनुसारकै सृजना गर्नुपर्छ भन्ने मनसायहोला, विरहीका सृजना प्राय विरहकै कथाको रुपमा आएको हुन्छ ।

पछिल्लो समय बजारमा आएको दोहोरी गीत ‘जिउन सिकायौ’ ले पनि विरह बोकेको छ । जीन्दगी विर्सेको बेलामा जीन्दगी तर्फ फर्काउने राम्रा मान्छेको बारेमा धन्यवाद दिईएको यो गीतमा विरही आँफैले स्वर दिएका छन् ।

महिला स्वरमा सिता शाहीको साथ रहेको छ । विरहीकै शब्द/भाका र संगीत संयोजन रहेको गीतलाई उनकै म्यूजिक कम्पनी संगम डिजिटले सार्वजनिक गरेको छ ।

सिता शाहिको नामवाट बजारमा सार्वजनिक भएको गीतको भिडियोमा महेन्द्र गौतम लगायतले अभिनय गरेका छन् । भिडियो निर्देशन प्रकाश भट्टले गरेका हुन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु