विन्ध्यवासिनी अर्वाडको सर्बोत्कृष्ट मोडेलको नोमिनेशनमा ऋतु बोहोरा पनि (जिताउन भोट गरौ)

सोलुखुम्बु । स्थाई घर सिन्धुपाल्चोक जिल्ला टेकान्पुर गा . बि . स वडा नम्बर ८ र काठमाडौँमा जन्मिएकी ऋतु बोहरा अहिले आम नेपालीहरुमा सहयोगको लागि हात फैलाइरहेकी छिन् । सानै देखि कलाकारिता क्षेत्रमा अत्यन्त रुची राख्ने उनि अहिले बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७३ का लागि वर्ष कै सर्वउत्कृष्ठ म्युजिक भिडियो मोडल तर्फ बाट नोमिनेशनमा परेकी हुन् । आफ्नो बाबा राजु बोहरा र काब्य आचार्य द्वारा स्वर बद्ध रमेश श्रेष्ठ र नवराज गौतमको संयुक्त प्रस्तुति ” छुट्यो माया जाल ” लोक दोहोरी गीतमा प्रस्तुतकर्ता रमेश श्रेष्ठले अफर गरेपछी उनले आफ्नो कलाकारिता यात्राको सुभारम्भ गरेकी हुन् । उनलाई आफ्नो उमेर सानो र आफ्नो जोडीको रुपमा यस भिडियोको लागि दुर्गेश थापा सुहाउने भन्दै बिन्ध्यबासिनी म्युजिक प्रालिका प्रबन्ध निर्देशक सुबाश रेग्मीले दुर्गेश थापा छनोट गरेका थिए ।

ritu

सोहि जोडी द्वारा अभिनित ” छुट्यो माया जाल ” यस गीतको म्युजिक भिडियो छोटो समयमा नै अशंख्य दर्शकहरुले मन पराउनु भएको कारण अहिले सर्व उत्कृष्ठ मोडल दोहोरी तर्फ बाट ऋतु बोहरा र दुर्गेश थापाको जोडी बिन्ध्यबासिनी म्युजिक अवार्ड को लागि नोमिनेशनमा परेको हो । लगत्तै उनले लक्ष्मी नपाउने द्वारा स्वर बद्ध ” न्याउली चरी बोलको गितको म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् भने यस बर्षको तिजको समयलाई लक्षित ” किन आएनन् ” बोलको गीतको म्युजिक भिडियोले पनि उनलाई उचाइमा पुर्याएको छ । उनि बिगत लामो समय देखि रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको हरेक सनिबार बेलुकी ५ बजे प्रसारणमा आउने कार्यक्रम बाल प्रतिभा कि संचालिका समेत हुन् । उनि सोहि रेडियोका कार्यक्रम संयोजक राजु बोहरा कि छोरी हुन् । यति बेला उनि आफुले अभिनय गरेको पहिलो म्युजिक भिडियोले नै यति धेरै सफलता प्राप्त गरेकोले मख्ख छिन् भने अझै थप उचाईमा पुर्याईदिनु हुनका लागि आफ्ना सम्पूर्ण सुभचिन्तक श्रोता एवम् दर्शक समक्ष्य अनुरोध गरिरहेकी छिन् ।

सर्वउत्कृष्ट मोडल दोहोरीतर्फ ऋतु बोहरा र दुर्गेश थापा लाई भोट गर्नका निमित्त भोटिंग आइ डी BMA ( space ) 29A रहेको छ र ३३००१ मा पठाउन सक्नु हुनेछ अब यहाँहरु सबैले आफ्नो मोबाइलको माध्यम बाट माथि उल्लेखित कोड लाई प्रयोग गरेर भोट गर्न सक्नु हुनेछ र मोडल ऋतु बोहरालाई कलाकारिता क्षेत्रमा हौसला थप गर्न सक्नु हुनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु