विना सर्त रिहाइ गर – कांग्रेस नेता कार्की

सोलुखुम्बु, असार ३


नेपाली कांग्रेसका नेता प्रकाश सिं कार्कीले झुटो आरोपमा पक्राउ परेका कांग्रेसका नेताहरुको विना सर्त रिहाइको माग गरेका छन् । लिखुपिके गाउँपालिकामा कांग्रेसका नेताहरुले सोधका प्रश्नको जवाफ नदिएर हातपातको झुटो आरोप लगाएर पक्राउ गरिएको प्रति ध्यानाकर्षण जनाउदै विना सर्त रिहाइको माग गरेका छन् ।


उनले लेखेका छन्, ‘केही दिन यता नेपाली कांग्रेसबाट निर्बाचित सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बुका प्रवक्ता शारदा माया तामाङ माथी अपशब्द प्रयोग गर्दै हातपात गरिएको र प्रहरी प्रशासनको मिलेमतोमा नियोजित रुपमा सत्ता र शक्तिको दुरुपयोग गरि झुठा मुद्दा लगाउने प्रयास गरिएको घटना सेलाउन नपाउदै लिखुपिके गाउपालिका सोलुखुम्बुमा गाउपालिकाको बिकास र प्रगति बारे छलफलको लागि गाउपालिका अध्यक्षको समय लिएर पुगेका नेपाली काङ्ग्रेसका सभापति सहितको टोलिलाई भए गरेका र सोधिएका प्रश्नको उत्तर दिनुको सट्टा प्रहरी प्रशासन सगको मिलेमतोमा नियोजित र षड्यन्त्रपुर्बक नेपाली काङ्ग्रेसका नेता एबम स्वतन्त्र विद्यार्थी युनियन शङ्करदेव क्याम्पसका पुर्ब सभापति शुभराम बस्नेत ,नेपाली काङ्ग्रेस सोलुखुम्बु काठमाडौ सम्पर्क समिती सचिब सरोज बस्नेत र नेपाली काङ्ग्रेसका नेता उत्तम खड्का लगायतका नेताहरु माथी भएको धरपकडले लोकतान्त्रिक ब्यबस्था माथी कम्युनिस्ट सरकारले धावा बोलेको अनुभुती भएको छ । यो र यस्ता कार्य प्रती खेद प्रकट गर्दछु ।’


जनप्रतिनिधिलाई सबैको साझा बन्न आग्रह गरेका नेता कार्कीले दमनको निती स्थानीय सरकारलाई महंगो पर्ने चेतावनी समेत दिएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!