विद्यार्थी खोजीमा गोताखोरलाई आशिंक सफलता

शिखर गजरकोटे
सोलुखुम्बु, श्रावण २८

हिमतालमा ढुबेर बेपत्ता विद्यार्थीको खोजी कार्यमा गोताखोरलाई आशिंक सफलता मिलेको छ ।

गत श्रावण १९ देखि गोक्यो हितालमा डुबेर बेपत्ता विद्यार्थीको खोजीमा आशिंक सफल भएको गोताखोरको टोली फर्किएको छ ।

हिमतालमा पानीको सतह धमिलो हुनका साथै मौसम प्रतिकुलताका कारण उद्धार गर्न कठिनाइ भएका कारण सफलता हात नपरेको जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले जनाएको छ ।

मंगलबार गोक्योताल पुगेको गोताखोरले बुधबार विहान देखि खोजी कार्य शुरु गरेको थियो । शुरुवातको केहि घण्टामा वेपत्ता ३ विद्यार्थी मध्येका १६ बर्षिय पेम्बानुर्वु शेर्पाको शव बाहिर निकालेको गोताखोरले शनिबारसम्म गरेको कोशिस खेर गएको हो । वेपत्ता पेम्बादोर्जी हेर्पा र सुनिल बराईलीको शव नभेटिएको हो ।

मौसम प्रतिकुल बनेपछि गोताखोरको टोली फर्किएको छ । उनीहरु अहिले हिडेर लक्ला तर्फ अघि बढेका छन् । गत साउन १९ गते शनिबार शैक्षिक भ्रमणमा गएका खुम्जुङ माध्यमिक विद्यालयका ३३ जना विद्यार्थी मध्ये ३ जना विद्यार्थी पौडी खेल्ने क्रममा हिमतालमा डुबेर बेपत्ता भएका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु