विद्यार्थीमा चिकेन पक्स समस्या देखापरेपछि विद्यालय बन्द

सोनी राई,
सोलुखुम्बु, जेठ २
सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा स्थित गार्मा माविका विद्यार्थीमा चिकेन पक्स ( ठेउला) समस्या देखापरेपछि एक हप्ताको लागि विद्यालय बन्द गरिएको छ ।
सुरुमा साना बालबच्चामा देखा परेको समस्या अन्य विद्यार्थीहरुमा समेत सर्न थालेपछि विद्यालय नै वन्द गर्नु परेको विद्यालयका प्रधानाध्यापक विनोद सिंह तामाङले बताउनुभयो ।


विद्यार्थीको शरिरभरी फोका उठ्ने, कान पाक्ने, घाटी दुख्ने, ज्वरो आउने लगायतका समस्या देखा परेका कारण चिकित्सककै सुझावमा विद्यालय सोमबारबाट एक हप्ताको लागि वन्द गरिएको हो ।

भाईरसका कारण संक्रमण हुने यो रोग सुरुमा साना बालबच्चामा देखा परेको र पछि स्वास प्रस्वासको माध्यमबाट ५०÷६० जना विद्यार्थीमा देखा परेको प्रधानाध्यापक तामाङले बताउनुभयो ।

विशेषगरी होस्टलमा बस्दै आएका विद्यार्थी र शिक्षकमा समेत समस्या देखापरेपछि विद्यालय बन्द गरिएको शिक्षिक महिना घिमिरेले बताउनुभयो । समस्या फैलिदै गएपछि जिल्ला अस्पतालबाट चिकित्सकको टोली विद्यालयमा पुगेको थियो ।

समस्याको आधारमा औषधि वितरण गरेपछि चिकित्सककै सुझावमा विद्यालय बन्द गरिएको थियो । विद्यालयमा ४ सय १२ विद्यार्थी अध्ययनरत छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु