विदेशबाट फर्किएका नौ जना क्वारेन्टाइनमा

खोटाङ, असार १२

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा विभिन्न देशबाट फर्किएका नौ जनालाई क्वारेन्टाइनमा राखिएको छ । पिसिआर परिक्षण नगरी आइपुगेका सात जनालाई बिहीबारदेखि र दुई जनालाई शुक्रबारदेखि महादेवस्थानस्थित स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राखिएको हो ।

विदेशबाट फर्किएपछि सुनसरीको चतरा होल्डिङ एरियाबाट बिहीबार आएका सात जनासँगै उनीहरुलाई गाडीमा ल्याउने चालकलाई पनि १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए ।

एक जना भने काठ्माण्डौंबाट नगरपालिका आइपुगेका हुन् । शुक्रबार थप साउदीअरबबाट आएकी एक महिला र दुबईबाट आएका एक जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको सह–संयोजक घिमिरेले बताए ।

यस्तै, कुबेतबाट आएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी एक महिलालाई नेपाल कम्यूनिष्ट पार्टीको कार्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । उनलाई बिहीबारदेखि दिक्तेलको भवनगैरास्थित पार्टी कार्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ ।

कुबेतबाट आएकी महिलालाई पार्टी कार्यालयको बैठक हलमा क्वारेन्टीन बनाएर राखिएको नेकपाका जिल्ला सचिव रामप्रसाद दंगालले बताए ।

नेकपाले गत चैत ११ गते प्रेस विज्ञप्ति जारी गर्दै संकटको घडीमा राज्यको हरेक कदममा साथ दिनु राजनैतिक पार्टी, संघसंस्था र जनताको दायित्व भएकाले आवश्यक परेको अवस्थामा क्वारेन्टाइनका रुपमा उपयोगका लागि आफ्नै पार्टी कार्यालय दिने घोषणा गरेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!