वर्षाका कारण अवरुद्ध बनेको सडक तिहारमा पनि नखुल्ने

सोनी राई,
सोलुखुम्बु, कात्तिक १०

बर्षाका कारण अवरुद्ध बनेको उदयपुरको रौतामाई गाँउपालिका ३ को सडक तिहारमा पनि नखुल्ने भएको छ । पालिकाका ८ वटै वडामा अवरुद्ध सडक मर्मतका लागि गाँउपालिकाले ८० लाख वजेट विनियोजन गरेको भए पनि ब्याकुलोडरले ढुंगा पन्छ्याउन नसकेका कारण सडक खुलाउन नसकिएको हो । ब्याकुलोटरले सडकमा थुप्रिएका ठुला ढुंगा पन्छाउन नसकेपछि गाँउपालिकाबाट स्काभेटर झिकाईएको थियो । उक्त स्काभेटरले समेत अवरुद्ध बनेको सडक पुरा मर्मत नगरी फर्काईएको वडा सदस्य सर्वजित राईले गुनासो गर्नुभयो ।

वडा सदस्य राईका अनुसार ४ किलो मिटर सडक स्काभेटरद्धारा मर्मत गरिएको भए पनि अझै वडाको १ किलो मिटर सडक अवरुद्ध रहेको छ । चाडपर्वको समयमा समेत रसुवाघाट देखी वडा कार्यालयसम्मको मुख्य सडक संचालनमा नआउदा ३ वर्ष अगाडी सुख्खा क्षेत्र घोषणा गरिएको लाफामा खडेरी र किराले बालीमा क्षती पु¥याएले खाद्यान्न अभाव सृजना हुने संभावना बढेको छ । यद्यपी गाँउपालिका उपाध्यक्ष कुमारी ज्यु ठकुरीले भने वडा नं ३ को सडक ३ चोटी मर्मत गरिसकिएको र हाल सवारी संचालनमा रहेको दाबी गर्नुभएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!