वरीयता विवादले आज पनि बस्न सकेन मन्त्रिपरिषद बैठक

काठमाढौँ, २७ चैत्र

बरियतामा देखिएको बिबाद समाधान नभएपछि आज बस्ने भनिएको मन्त्रिपरिषदको बैठक पनि स्थगित गरिएको छ ।

उपप्रधानमन्त्रीहरुको वरीयता विवादका कारण गत चैत ३ गतेदेखि मन्त्रिपरिषदको बैठक बस्न सकेको छैन । संविधान संशोधनको नयाँ विधेयकमा मधेशी मोर्चासँग सहमति हुन नसकेपछि बैठक भोलि सोमबारका लागि बोलाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई पहिलो वरीयता दिने संकेत पाएपछि अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधि विराटनगर गएको र सोही कारण बैठक रोकिएको बुझिएको छ । थापा र निधिमध्ये कसलाई पहिलो वरीयता दिने भन्ने विवादका कारण सरकार नै निष्क्रिय अवस्थामा पुगिसकेको छ । जसका कारण सर्वोच्च अदालतले परमादेश जारी गर्दा समेत नेपाल प्रहरीमा महानिरीक्षक नियुक्ति हुन सकेको छैन भने कैयौं महत्वपूर्ण निर्णयहरु रोकिएका छन् ।

मन्त्रिपरिषद बैठक बस्न नसक्दा सर्वोच्च अदालतको आदेश अनुसार प्रहरी प्रमुख नियुक्त हुन सकेको छैन भने कैयौं महत्वपूर्ण कामहरु अघि बढ्न सकेका छैनन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!