वडाका दलित समुदायको विद्युत महशुल कार्यपालिका सदस्यले तिर्ने

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस ३०

राज्यबाट पाउने सुविधाबाट सोलुदुधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य एवं काँग्रेस नेता सोनाम ग्याल्जेन शेर्पाले नगपालिकाको ७ नम्बर वडाका दलित समुदयाको विद्युत महशुस भुक्तानी गरिदिनुहुने भएको छ ।

पछाडी पारिएका तथा न्युन आर्थिक अवस्था भएका सिंगो वडाका ३२ घरधुरी दलित समुदायको महशुल आफुले राज्यबाट पाउने भत्ता तथा सुविधाको रकमबाट मासिक रुपमा भुक्तानी गरिदिने घोषणा गर्नु भएको हो ।

गार्माको डुलुम्सेमा नगरप्रमुख नाम्गेलजाङबु शेर्पाको प्रमुख आतिथ्यतामा एक भेलाको आयोजना गरि शेर्पाले आफुले मासिक १० हजार नगरपालिकाबाट सुविधा स्वरुप पाउने र त्यसमा आवश्यक रकम थप गरि १५ हजार रकम विजुलीको विल तिर्ने उद्घोष गर्नुभएको हो । समाजसेवि समेत रहनु भएका काँग्रेस नेता शेर्पाको यो घोषणासँगै गार्माका दलित समुदायले निशुल्क रुपमा विद्युत उपभोग गर्न पाउने भएका छन् ।

शेर्पाले आर्थिक अभावकै कारण विजुलीको पहुँचमा नरहेका घरधुरीमा विद्युत जडान गरिदिने समेत प्रतिबद्धता ब्यक्त गरेको नगरपालिकाका प्रबक्ता शारदा माया तामाङले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु