ल्होत्से हिमालको आधार शिविर नजिकै वेवारिसे शव फेला

Lhotse-Himal

सोलुखुम्बु, बैशाख १० – ल्होत्से हिमालको आधार शिविर नजिकै वेवारिसे अवस्थामा शव भेटिएको छ ।

मधेशी मूलका देखिने करिब ३५ बर्ष पुरुषको शव भेटिएको छुकुमवाट लोप्साङ शेर्पाले जानकारी दिए । करिब ५ दिन अघि अल्टिच्यूटका कारण मृत्यू भएको हुन सक्ने आँकलन गरिएको छ ।

ल्होत्से हिमालको दक्षिणी भागमा छुकुम देखि करिब ३ किलोमिटर पर पहिचान नखुलेको शव भेटिएको छ । एक हप्ता अघिसम्म उक्त व्यक्ति छुकुम गाउँमा डुलिरहेको स्थानीय शेर्पाले बताए ।

ईलाका प्रहरी कार्यलय नाम्चेवाट प्रहरीको टोली घटनास्थल तर्फ गईरहेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु