“लोक गीत मन पराउदिन भन्नेले गुनगुनाउदा खुसि लाग्छ”

शिखरजंग श्रेष्ठ (गाउँवेशीको ठिटो)
10424273_707592079315932_8786297576953982021_n“रेशम फिरिरि” बोललको गीत नसुन्ने र नगुनगुनाउने नेपालमा सायदै होला । पाकापुस्ता देखि स–साना बालबालिकाको मुखमा मात्र होईन् नेपालीले मन देखिनै सहजै गाउने एउटा मात्र गीत हो, यो । उडेर जाँउ की डाँडैमा भन्ज्याङ रेशम फिरिरि ।

देशीविदेशी जनजिब्रोमा झुण्डिन सफल गीत कुनै हिन्दी गीत होईन, कुनै अग्रेजी भाषको गीत होईन् । यो त नेपाली लोक संस्कृतिको मौलिक लोक गीत हो । जुन गीत अहिले हरेक मनमनमा मात्र होईन् । विभिन्न गाउँशहरमा आयोजना हुने तालिम, सेमिनार, गोष्ठि, वनभोज लगायतका हरेकजसो कार्यक्रममा मनोरन्जनका लागी गाईने गीत पनि हो ।

म सानै हुदा वा वाहिरी चेतना राख्न नसक्ने हुदानै मेरो गाउँमा नहर खन्नका लागी आउने कामदारले मादल बजाएर मज्जाले नचाउथेँ रे । म छमछमी नाच्थे रे । मलाई मेरो हजुरआमा (अजी) ले भन्नुभएको । म ९ बर्ष र मेरो आफ्नै ठूली वहिनी ७ बर्षको हुदा कान थापेर सुनिदेउ दाजु, रितिथिती बिग्रेर गईसक्यो बोलको गीतमा नाच्दा गाविसमा चर्चा भएको थियो । मेरो गाउँमा गायन प्रतियोगीता नभए पनि वनपाखामा गीत पाईथ्यो । गाउँमा लाहुरे आएपनि, नयाँ सन्तान जन्मेपनि, विवाह, व्रतवन्ध, देउसीभैलोमा नाचेरै वाहवाही कमाईयो ।

मैले दोहारी गाउछु भन्दा धेरैले पत्याउदैनन् । धेरैले सुन्न पनि चाहेनन् । सुनेपनि ज्यान पछाडी नाक खुम्च्याउने पनि रहे । तर म केमा खुसि हुन्छु भने लोकसंगीतलाई हेयको दृष्टिले हेर्नको मखवाट अनायासै कुनैपनि लोक तथा दोहोरी गीत गुनगुनाउदा । यस्तो घटना मसंग पनि केहि छन् । म केहि समय काठमाडौमा रहेर विताए । त्यससमयमा म कोटेश्वरको बालकुमारीमा रहेको काठमाडौँ टेर्निङ सेन्टरमा १५ महिने सामाजिक परिचालन कोर्ष गदैथिए । नेपालमा विभिन्न १८ वटा जिल्लाका ३८ जना म जस्तै साथीहरुको सहभागीता थियो ।

एकजना साथी यस्तो थियो । ऊ जतिबेलामा पनि कानमा एयरफोन हुन्थ्यो । जहाँ हिन्दी गीत घन्कन्थ्यो । लोक गीतलाई महत्वनै नदिने । तालिम अन्तरगत हुने विभिन्न क्रियाकलापमा मनोरन्जन चाहिए म नै अघि सर्थै । अघि जान्थे र गाउथे त्यो बेलाको चर्चित गीतहरु आकाश धर्तिको, नजाउ है सानु पधेरीमा, हातमा रातो झोला, जोगीको भेषैमा लगायतका गीत एकोहोरो गाउथे र अधिकांशलाई मनोरज्न दिन्थे । त्यो ८ औ व्याच थियो । तालिममा सहभागी मध्ये लोक गीतलाई मनपराउनेको बाहुल्य थियो । भ्रमण जादा बसमा, वास बस्दा होटलमा ४/५ ओटा स्वास्थ्य सरसफाई अभियानमा सहभागी भईयो त्यहाँ पनि दोहारी गीत नै । रमाईलो पनि भयो । मैले जोड्न खोजेको के भने हिन्दी गीत मात्र सुन्ने र रमाउन चाहने त्यो मेरो साथी पछि आएर शिखर कुनै लोक गीत गाईदेन भन्थे । म खुसि हुन्थे गाईदिन्थे पनि । यसले मलाई परिर्वतनको कुरा साट्यो पनि । शिखर सबैकुरा संगलते गर्दोरहेछ, यार, संगीतको मालिलामा पहिले कस्तो थिए, अहिले कस्तो भए । म मा परिर्वतन छ उसले भन्थ्यो । यसले लोक गीतमा मन आकर्षित भए लगत्तै नजाउ है सानु पधेँरीमा बोलको गीत पुरै सुन्यो रे, मज्जा आयो रे ।
त्यस्तै, लोक गीत बजाउदा, गाउदा ह्या के गीत बजाको भन्नेहरुको मन देखिनै लोक गीतको गुनगुनाउट मेरो कानले सुन्दा म धेरै खुसि हुदै आएको छु । आखिर मैले गाएको मन नपराएपनि ख्याति प्राप्त कलाकारले गाएको मन पराउनु पनि त लोक तथा दोहोरी गीतलाई मन पराएको हो नी । त्यसमा म खुसि छु । अहिले उनीहरुले तिम्रो साथमा रातो पछ्यौरी अनि तातो पछ्यौरी बोलको गीत गुनगुनाउदै छन् । तर उनीहरुलाई थाहा नहुन पनि सक्छ । उनीहरुको मनले माग्यो, मस्तिष्कले निर्देशन दियो । ओठहरु लोकसंगीतको पक्षमा चले ।

मेरा धेरै साथीहरु लोक संस्कारमा हुर्केर पनि फुर्किदै विदेशी संगीत पो संगीत भन्नेहरु पनि छन् । तर तिनिहरुनै लोकसंगीतलाई चाहेर या नचाहेर, चाल पाएर या नपाएर अपनाईरहेका हुन्छन् । यसवाट न तपाई अछुतो हुनुहुन्छ न म रहन्छु । बाल्यकालमा लोकसंस्कृतिमा हुर्केर लोक गीतमै नाचेर आएकाहरुले लोक गीत ? भनेको सुन्दा दुख लागेपनि अनायासै लोक तथा दोहारी गीत गुनगुनाएको सुन्दा म निकै हर्षित हुन्छु । सक्छौ राम्रो गर सक्दैनौ नराम्रो नगर भनेजस्तै सक्छौ लोकसंगीतको बारेमा बोल सुन, सक्दैनौ नसुन र आलोचना पनि नगर । लोक संगीतको विपक्षमा बोल्दा मेरो मन चुडिन्छ किनकी मेरो पहिचानको जगलाई भुल्नै सक्दिन । तर पछिल्लो समय सेन्सर गर्ने र चासो दिने कुनै आधिकारिक निकाय नहुदा सस्तो लोकप्रियताका लागी गीतसंगीत बजारमा आउदा भने मन खिन्न हुन्छ । खहरेको भेल जस्तै बनेको लोकसंगीतलाई व्यवस्थित पार्न सरोकारितपक्ष सागर बन्नुपर्छ । थोपा थोपाले सिंचाई गर्न खोज्नु वेकार हुनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु