लेक लागेर एक चिनियाँ नागरिकको मृत्यु

बिक्रम श्रेष्ठ माघ १६ – सोलुखुम्बुको खुम्जुङमा लेक लागेर एक चिनिया नागरिकको मृत्यु  भएको छ ।  ३२ बर्षिय ओउयाङ रुईटेनको आज बिहान करिब ४ बजे खुम्जुङ ८ स्थीत सोमारेको एक होटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ । ग्रेड एडभेन्चर प्रा लि काठमाडौ बाट आएका उनी बुधबार दिउसो देखी नै लेक लागेका कारण अस्वस्थ थिए । सोमारे स्थीत एभरेष्ट होटलमा स्थानिय बासिन्दाहरुले घरेलु उपचार गरे पनि उनलाई बचाउन नसकेको स्थानिय बासिन्दाले बताएका छन्् । काठमाडौ देखी खुम्जुङसम्म एक्लै आएका रुईटेनको मृत्युका बारेमा चिनियाँ दुताबासमा जानकारी गराईसकिएको र शब काठमाडौ लैजाने तयारी भएको प्रहरी नायब उपरिक्षक बद्रि बिक्रम थापाले जानकारी दिनुभयो । उनको साथमा पथ प्रदर्शक समेत नभएकोले शब काठमाडौँ लैजान तथा उनको बारेमा थाहा पाउन कठिन भएको बताइएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!