लुक्ला बिमान दुर्घटनामा ३ जनाको मृत्यु

राकेश नेपाली
सोलुखुम्बु/बैसाख १

तेन्जिङ हिलारी विमान स्थलमा समिट एयरको जहाज दुर्घटना भएको छ । आज विहान ९ः२० बजे धावनमार्गमा चिप्लिएर बिमान दुर्घटना भएको हो । रामेछापको लागी उडान भर्न लागेको जाहज धावनमार्गबाट चिप्लिएपछि नजिकै रहेको मनाङ एयरलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी ३ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा धावनमार्गका २ जना सुरक्षाकर्मी रामबहादुर ढुङ्गना र रुद्रबहादुर श्रेष्ठ, समिटको एयरको को– पाईलट सुजित ढुङ्गानाको ज्यान गएको हो । मनाङ एयर हेलिकप्टरका पाईलोटको भने काठमाण्डौको ग्राण्डि अस्पतालमा उपचार भईरहेको जानकारी प्राप्त भएको छ । समिट एयरका क्याप्टेन आरबी रोकायालाई थप उपचारका लागि काठमाडौ लगिएकोे छ । उहाँको अबस्था गम्भिर लुक्ला विमानस्थलका प्रमुख ईमनाथ अधिकारीले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु