लुक्लामा बोल्दा बोल्दै स्विटजरल्याण्ड नागरिकको मृत्यु

बिक्रम श्रेष्ठ
सोलुखुम्बु, २८ चैत्र

सोलुखुम्बुमा बिद्यालयको कार्यक्रममा बोल्दा–बोल्दै ढलेका एक स्विटजरल्याण्ड नागरिकको मृत्यु भएको छ ।

पासाङ ल्हामु गाउँपालिका–२ लुक्लास्थित लुक्ला आधारभुत बिद्यालयमा सोमबार आयोजित अभिभावक दिवश तथा परिक्षाफल प्रकाशित कार्यक्रममा बोल्दाबोल्दै ढलेका स्विटजरल्याण्डका ७२ वर्षीय नागरिक ज्याक्युसन एरिक मोर्जाएरको मृत्यु भएको हो ।

अतिथिकारुपमा बोल्नेक्रममा कार्यक्रमस्थलमै बेहोस बनेर ढलेका मोर्जाएरको लुक्लास्थित पासाङल्हामु निकोल निकि अस्पतालमा उपचारकोक्रममा सोमबार मृत्यु भएको प्रहरी कार्यालय सोलुखुम्बूका डिएसपी माधव बुढाथोकीले बताए ।

उनी विद्यालयका दाताकारुपमा कार्यक्रममा निम्त्याइएका थिए । ‘हाम्रो प्रहरी जवान पनि कार्यक्रम स्थलमै थिए,’ डिएसपी बुढाथोकीले भने, ‘बोल्नेक्रममा अचानक बेहोस भएर ढलेपछि एरिक मोर्जाएरको उपचारको क्रममा मृत्यु भएको हो ।’

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!