लुक्लामा निर्माणाधिन हेलिप्याडको म्याद थप

सोलुखुम्बु, असार २४


सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको लुक्लामा निर्माणाधिन हेलिप्याडको काम दक्ष कामदारको अभावका कारण तोकिएको समयमा सम्पन्न नभएपछि म्याद थप गरिएको छ ।

गत वर्ष २०७६ सालको जेठ महिनाबाट निर्माण सुरु गरिएको हेलीप्याड निर्माण कार्य यही असार महिना सम्ममा सक्नुपर्ने भएपनि लकडाउन र कामदार तथा बर्षातका कारण काम द्रुत गतिमा अघि बढ्न नसकेपछि आगामी २०७८ बैशाखसम्म म्याद थप गरिएको हो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणको २८ करोडको लागतमा करिब १० रोपनी क्षेत्रमा निर्माणाधिन हेलिप्याडको काम हालसम्म ६० प्रतिशत सकिएको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनका प्रतिनिधि जुद्धबहादुर कार्कीले बताए ।

चैत्रदेखि प्रभावित बनेको काम लकडाउन खुकुलो भएसँगै सिमित जनशक्ति परिचालन सुचारु गरिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!