लिखुपिकेमा आगलागी हुँदा ४३ लाखको क्षति

सोलुखुम्बु, साउन १०

सोलुखुम्बुको लिखुपिके गाउँपालिका १ गोलीमा संचालित पिके हिमचुली नेपाली कागज उद्योगको स्टोर्समा आगोलागी हुदा करिब ४३ लाखको क्षति पुगेको छ । मंगलबार राति विद्युत सर्टबाट भएको आगोलागीबाट विक्रिका लागि तयारी अवस्थामा रहेका नेपाली कागज, अर्गेली, लोक्ता लगायतका सामाग्री नष्ट हुदा ४३ लाख बराबरको क्षति पुगेको उद्योग संचालक गणेश बहादुर बस्नेतले जानकारी दिनुभयो ।

आगोलागीबाट ३५ हात लम्बाई र १४ हात चौडाईमा निर्माण गरिएको दुई तले स्टोर्स पनि जलेर नष्ट भएको छ । २०६५ सालमा स्थापना गरिएको उद्योगले बर्षको ८ महिना २० देखि ३० जनाले प्रत्यक्ष रुपमा रोजगारी दिदै आएको थियो । उद्योगको मेसिन खरिद तथा आवश्यक संरचना निर्माणका लागि हिमाली आयोजनाले २० लाख अनुदान प्रदान गरेको थियो । घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउन बाँकी रहेको संचालक बस्नेतको भनाई छ ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु