लिम्चुङबुङमा विद्युत विस्तार पुरा नहुदै पोल ढले

दिपेन्द्र पराजुली
सोलुखुम्बु, भदौ २९

उदयुपरको लिम्चुङबुङ गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणको शाखा विस्तारको काम नसकिदै ७० भन्दा पोलहरु ढलेका छन् । गाउँपालिकाको बासबोटे, बाराहा, ताम्लीछा र बलम्ता क्षेत्रमा गाडिएका पोहरु ढलेका हुन् । पोलको फेदमा सिमेन्ट लगाएर पोल गाड्नपर्ने भएपनि माटोको खाल्डोमा मात्रै पोल गाड्नाले वर्षातको पानी पोलहरु ढलेको स्थानियले बताएका छन् ।

आर्थिक वर्ष २०७४–७५मा गाउँपालिकाको १ करोड ८८ लाख ५५ हजार लागतमा विद्युत प्राधिकरणले पोलहरु खरिद गरेको थियो । पालिकाले सोहि आर्थिक वर्षमा नै विद्युत गाउँपालिकाले सबै वडामा विद्युत विस्तार गर्न आग्रह गरेको भएपनि प्राधिकरणले अटेर गरेको लिम्चुङबुङ गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमाविद्युत प्राधिकरणले ५ करोडको लागतमा विद्युत विस्तार गरिरहेको छ ।

पोल ढलेको विषयमा सरोकारवालाहरुले ध्यानाकर्षण गराएपछि प्राधिकरणले भुईमा झरेका तार पोलहरु राम्रो सँग गाड्नका लागि ठेकेदार कम्पनिलाई निर्देशन दिएको बताएको छ । ठेकेदारले सोहि बजेटमा पोलको व्यवस्थापन गर्नुपर्ने प्रधिकरणले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु