लिम्चुङबुङमा छनौट भलिबल प्रतियोगीता शुरु


हिमाल एफ.एम,
सोलुखुम्बु, कात्तिक ५

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा वडास्तरिय भलिबल छनौट प्रतियोगीता शुरु गरिएको छ । गाउँपालिकाको प्रायोजन तथा लिम्चुङबुङ स्पोर्टस क्लबको आयोजनामा शुरु प्रतियोगीताको उद्घाटन गाउँपालिका अध्यक्ष मेजर कुमार राईले गर्नुभएको सहकर्मी गुरुमणी कुमाईले जानकारी दिनुभयो ।

क्लबका अध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा उद्घाटन गरिएको प्रतियोगीतामा १० टिम पुरुष र ४ टिम महिलाको सहभागीता रहेको छ । आज भएको खेलमा बाँसबोटे ए र जाँते ए विजयी भएको छ । पहिलो खेलमा ताम्लिछा ए र दोस्रो खेलमा बाराह बि पराजित भएको छ । प्रतियोगीताका विजेताले नगद ४० हजार, ३० हजार, २० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु