लिखुपिके घटना : शरिर बन्धक मुद्धाका तीन रिहा

सोलुखुम्बु, असार २६


सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा संचालित हाइड्रोपावरका एक कर्मचारीलाई शरिर बन्धक तथा अपहरण गरेको आरोपमा पक्राउ परेका शुभराम बस्नेत र उत्तमजंग खड्का १ लाख ५० हजारका दरले धरौटी बुझाएर विहिबार रिहा भएका छन् ।

जिल्ला न्यायधिश महेन्द्रराज काफ्लेको एकल ईजलासले धरौटीमा छाड्न आदेश दिएको श्रेस्तेदार मोहन घिमिरेले जानकारी दिए । सोही घटनामा संलग्न भैरवबहादुर बस्नेतलाई २ लाख रुपैया धरौटीमा शुक्रबार रिहा गरिएको छ । बस्नेत विहिबार अदालतमा उपस्थित भएका थिए ।

गत जेठ ३२ गते लिखुपिकेका जनप्रतिनिधि माथी हातपातको आरोपमा पक्राउ परेका मध्ये सरोज बस्नेतलाई ५ हजार धरौटीमा यसअघि नै छाडिएको थियो ।

हातपात आरोपका घटनामा पक्राउ परेका ३ मध्ये दुई जना विरुद्ध जेठ २२ गते शरिर बन्धक तथा अपहरणको आरोपमा उजुरी दर्ता भएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!