लायन्स क्लबले दियो विद्यालयलाई फर्निचर

नबराज कार्की,
ओखलढुंगा, चैत्र ३


नेपाल लायन्स क्लब काठमाडौँले जिल्लाको सुनकोसी गाउँपालिकास्थित बलखु माविलाई तीन लाख रुपैयाँ बराबरको फर्निचर उपलब्ध गराएको छ । खिलानाथ सापकोटाको सक्रियतामा क्लबले एक कार्यक्रमका बीच विद्यालयलाई फर्निचर उपलब्ध गराएको हो ।

फर्निचर एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा संविधानसभा सदस्य रामहरि खतिवडा, सुनकोसी गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारी, सुनकोसी गाउँपालिका उपाध्यक्ष दुर्गाकुमारी तामाङ, सुनकोसी गाउँपालिका शिक्षा शाखा प्रमुख विवेककुमार तामाङ, नेपाली कांग्रेस महासमिति सदस्य बालकृष्ण दाहाल, कुमार लुइटेल, नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य भोजकुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश सापकोटा लगायत सहभागी थिए ।

कार्यक्रममै फर्निचर निर्माणमा आर्थिक सहयोग गर्ने नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अनुपम सापकोटा, नेपाली कांग्रेस महासमिति सदस्य कुमार लुइटेल, खिलानाथ सापकोटा लगायतलाई विद्यालयको तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!