लामखुट्टे भगाउने नयाँ काइदा

यदी तपाई लामखुट्टेको टोकाइबाट हैरान हुनु भएको छ भने खुशीको खबर छ । अब लामखुट्टे भगाउन धुपा वा अरु कुनै रासायनिक उत्पान प्रयोग गर्नु पर्ने छैन । स्मार्टफोनको सहायताले नै लामखुट्टे भगाउन सकिने भएको छ । स्मार्टफोनमा लामखुट्टे भगाउन मिल्ने एप आएको छ ।
हर्टजियर नाम गरेको एपले लामखुट्टे भगाउने सहयोग गर्नेछ । यो एप मोबाइलमा डाउनलोड गरेपछि त्यसबाट निस्कने कडा खालको आवाजले लामखुट्टे भगाउने छ । किनकी एपबाट निस्कने हाइ फ्रिक्वेन्सीको आवाज लामखुट्टेलाई मन पर्दैन र आवाज सुनेपछि लामखुट्टे पर भाग्ने छ । यसका लागि हर्टजियर एप डाउनलोड गरेर इनस्टल गर्नुपर्छ । यो एपको फ्रि भर्जन र शुल्क लाग्ने भर्जन पाइन्छ । फ्रि भर्जनमा आवाज सिमित मात्रै छ । तर झण्डै एक सय रुपैयाँ खर्च लाग्ने शुल्कवाला भर्जनमा विभिन्न किसिमका आवाज रहन्छन् ।
लामखुट्टे भगाउन एप मार्फत बजाइने आवाज भने मानिसले सुन्न सक्दैनन् । यसले गर्दा ध्वनी प्रदुषण पनि हुँदैन । आवाज कतिको चर्को गराउने भनेर आफै एक स्लाइडरको सहायताले निर्धारण गर्न सकिन्छ । यो एपबाट कुकुर तथा बिरालोलाई भगाउन सक्ने आवाज पनि निकाल्न सकिन्छ

Comments

comments

सम्बन्धित शीर्षकहरु