लब्ली तुलसीको पुर्वेली गीत ‘पुर्वको मान्छे’ (भिडियो सहित)

सोलुखुम्बु । लोक सृजनामा तल्लिन लब्ली तुलसीको पुर्वेली गीत ‘पुर्वको मान्छे’ सार्वजनिक गरिएको छ । तुलसीको सृजनामा तयार भएको गीतमा प्रियजन राईको भाका छ भने राई र ऋतु कोईरालाको स्वर रहेको छ ।

यसअघि ‘पुर्वेली ठिटोलाई’ बोलको पुर्वेली गीत बजारमा ल्याएका तुलसीले यो पटक ‘पुर्वको मान्छे’ बजारमा ल्याएका हुन् ।

खोटाङ महेश्वरीका तुलसीले गाउँघरलाई गीतमा समाबेश गरेका छन् । सोलुखुम्बु र खोटाङका भुगोललाई पिरतीसंग गाँसेर लोकलयमा प्रस्तुत गरिएको छ । गीतलाई पुर्वेली जुनतारा म्यूजिकले बजार पठाएको छ ।

दर्जनौ सृजनामा कलम चलाईसकेका लब्ली तुलसीको पछिल्लो गीतलाई सफलताको शुभकामना !

Comments

comments

सम्बन्धित शीर्षकहरु