लघु जलविद्युत आयोजनाको काम पुःन सुचारु

दिलीप खत्री ,खोटाङ, माघ १६ – रकम अभावमा डेढ वर्षदेखि ठप्प बनेको खोटाङको निर्मलीडाँडास्थित साप्सुखोला लघुजलविद्युत आयोजनाको काम पुःन सुचारु भएको छ । उपभोक्ताबाट लिइएको ८ लाख ऋणबाट १२ किलोवाट क्षमताको लघु जलविद्युत आयोजनाको अवरुद्ध काम पुःन सुचारु गरिएको हो । रकम अभाव भएपछि गाविसका १६ उपभोक्ताबाट प्रतिघर ५० हजारका दरले ऋण लिएर विद्युत आयोजनाको काम सुचारु गरिएको साप्सु खोला लघुजलविद्युत आयोजना उपभोक्ता समितिका सचिव शंकरमान खत्रीले बताउनुभयो । कुल ३७ लाखको लागतमा पूरा गर्ने गरी २०६८ सालबाट शुरm गरिएको लघुजलविद्युत आयोजनाको काम डेढ बर्ष अघिदेखि ठप्प बनेको थियो । उपभोक्ता समितिको स्टिमेट र योजना अनुसार रकम प्राप्त नभएपछि लघु जलविद्युत आयोजनाको काम अलपत्र बनेको उपभोक्ता समितिले जनाएको छ । जिल्ला विकास समिति, भू–संरक्षण र उर्जा कार्यालयले प्रतिबद्धता अनुसार आर्थिक सहयोग नगरेपछि आयोजना अलपत्र बनेको सचिव खत्रीको भनाईछ ।

लघुजलविद्युत आयोजनाको पावर हाउस, कुलो निर्माण लगायतका बाँकी काम पूरा गर्न निर्माण उपभोक्ता समितिलाई करिब १० लाखको अभाव भएको थियो । आयोजनाका लागि गाविसका ९० घरका उपभोक्ताबाट प्रतिघर ३ हजारका दरले प्राप्त भएको २ लाख ७० हजार, सभाषदहरुको संसदीय कोषबाट प्राप्त ४ लाख ७० हजार, गाविसको ५ लाख ९६ हजार खर्च भइसकेको छ । यस्तै, उपभोक्ताले ३ लाख बराबरको जनश्रमदान गरिसकेका छन् । आगामी चैत्र मसान्तभित्र पूरा गर्ने लक्ष्य लिइएको आयोजनाबाट निर्मलीडाँडा–१, २ र च्यानडाँडा–१ का डेढ सय घरमा विजुली बल्ने उपभोक्ता समितिले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!