लक डाउनमा यस्तो छ, प्रतिनिधिसभाका सांसदको दैनिकी

सोलुखुम्बु, चैत्र १६

अन्य समय प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरु अहिले गाउँ फर्केका छन् । आमनागरिक जस्तै घरमै सुरक्षित त बसेकै छन् । त्यसको अलवा उनीहरु पुस्तक पढ्न, समन्वय र घरायसी काममा पनि व्यस्त छन् । कस्तो छ, उनीहरुको दैनिकी ? एक रिर्पोट

सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि लक डाउन गर्नुभन्दा २ दिन अघि खोटाङको खोटेहाङ गाउँपालिका ७ खोटाङ बजार पुग्नुभएका सांसद विशाल भट्टराई घर भित्रै बसेर ३ काम महत्वका साथ गरिरहेका छन् ।

सांसद भट्टराईले लक डाउनको समयमा व्यस्तताका कारण चाहेर पनि गर्न नपाएका घरायसी काम गरिरहेका छन् भने कोरोना भाइरस संक्रमणको आवश्यक सावधानीका लागि केन्द्र र जिल्ला स्तरका कार्यालय तथा विभिन्न निकायसंग समन्वय समेत गरिरहेका छन् ।


फुर्सदिलो समयमा जिल्लाका महत्वपूर्ण विकास निर्माणका काम डायरीमा उतारिरहेको सांसद भट्टराईले बताउछन् ।

यता, सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ लक डाउनको समयमा जन्म गाउँ नेचामा छन् । कोरोनाबाट बच्न गाउँ आएका सांसद राईले गाउँघरमा दुरि कायम गर्दै सामान्य भेटघाट गरिरहेका छन् ।

लकडाउनपछि खुम्बु क्षेत्रमा अलपत्र बनेका पर्यटकको उद्धारमा समन्वय गर्नमा व्यस्त छन् ।

जनप्रतिनिधिहरुले जस्तै घरभित्रै बसेर पनि ईच्छाएका कामहरु सजिलै गर्न सकिन्छ । त्यसकारणले लकडाउनको अवधिमा घरभित्रै सुरक्षित बसौ, कोरोना भाइरस संक्रमणको जोखिमबाट बचौँ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!