लक डाउनको अवधिमा कोही भोकै बस्नु पर्दैन् : मेयर रिजाल

सोलुखुम्बु, चैत्र १४


खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायण रिजालले लक डाउनको अवधिमा नगर भित्र र बाहिरका कोही पनि नागरिक भोको बस्नु नपर्ने बताए ।

दिक्तेल –खानिडाडा सडक निर्माणका लागि मोरङ पथ्री र उदयपुर जिल्लाबाट आएका कामदारलाई राहत खाद्यान्न सामाग्री वितरण गर्दै मेयर रिजालले ज्यालादारी काम गर्दै आएका कोही पनि लक डाउनकै कारण भोको बस्ने अवस्था सृजना नहुने बताए ।

लक डाउनले दैनिक ज्यालादारीका मजदुरहरुले काम गर्न नपाउदा बिहान–बेलुकीको गुजारा समेत चलाउन समस्यामा परेका १९ जना कामदारहरुलाई नगरपालिकाको लोककल्याणकारी नीति अनुसार शुक्रबार नगरपालिकाका मेयर रिजाल र उपमेयर विणादेवी राईले राहत स्वरुप २०० के जि चामल, २० केजि दाल, नुन र तेल वितरण गर्नुभएको छ ।

आवश्यकताको पहिचान गरि नगर क्षेत्रका विपन्न परिवारलाई पनि राहत सामाग्री वितरण गर्ने नगरपालिकाको तयारी छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!