लकडाउन थप ८ दिन लम्ब्याउने मन्त्रिपरिषद् बैठकको निर्णय

सोलुखुम्बु, चैत्र १६

नेपालमा जारी ‘लकडाउन्’ थप ८ दिन लम्बिने भएको छ । आइतबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले थप ८ दिन ‘लकडाउन्’ लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी ‘लकडान्’ बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो ।

जसअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ‘लकडाउन्’ ८ दिन लम्ब्याउने निर्णय गरेको हो । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत ११ चैत्रबाट साताव्यापी ‘लकडाउन्’को घोषणा गरेको थियो ।

कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले ‘लकडाउन्’को समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ । स्रोतः NRN

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!