लकडाउनले समस्या परेका नागरिक गाउँ फर्काउन थाल्यो खुम्बु सरकार

सोलुखुम्बु, असार १५

खुम्बु पासाङल्हामु गाउँपालिकाले लकडाउनका कारण समस्या परेका खुम्बु बासीलाई गाउँ फर्काउन थालेको छ ।

गाउँपालिकाको समन्वयमा जहाज मार्फत गाउँ फर्काउन थालिएको हो । सोमबार तारा एयर मार्फत २ र मनाङ एयरको एक उडानमा ३६ जनालाई ल्याईएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराईले बताए ।

मन्त्रालयबाट ४ वटा उडान स्विकृत भएको र बाँकि २ उडान पनि स्विकृतको प्रक्रियामा रहेको गाउँपालिकाले जनाएको छ ।

रोजगारी गुमाएका, ज्येष्ठ नागरिक अपाङगता भएका व्यक्ति, बालबालिका तथा श्रमिकलाई खुम्बु फर्काउन थालिएको गाउँपालिका उपाध्यक्ष टासी ल्हामु शेर्पाले जानकारी दिईन् ।

खुम्बु आउने सबैको कोरोनाको आरडिटि परिक्षण गरिएको छ ।

मौसम अनकुल भए गाउँ फर्कन चाहने अन्यलाई पनि छिट्टै गाउँल्याउने गाउँपालिकाले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!