रोनाल्डोको हृयाट्रिकसँगै पोर्चुगल विश्वकपमा

५ मंसिर, काठमाडौं । पोर्चुगल र फ्रान्स ब्राजिलमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् । प्ले अफमा स्वीडेनलाई समग्रमा ४-२ ले पराजित गर्दै पोचुर्गलले विश्वकपमा स्थान पक्का गरेको हो ।  पहिलो लेग १-० ले जितेको पोर्चुगलले मंगलबार राति भएको दोस्रो लेगमा क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकको मदतमा ३-२ को जित हात पार्‍यो ।

स्वीडेनको घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले रोनाल्डोको ५० औं मिनेटको गोलबाट अग्रता लिएको थियो । खेलको ६८ र ७२ औं मिनेटमा जाल्टन इभ्राहिमोभिचको गोलबाट स्वीडेनले २-१ को अग्रता लियो । तर, ७७ औं मिनेटमा रोनाल्डोले बराबरी गोल फर्काए भने ७९ औं मिनेटमा हृयाट्रिक गर्दै पोर्चुगललाई ३-२ को महत्वपूर्ण जित दिलाए ।

युक्रेनससँगको पहिलो लेगमा २-० को हार व्यहोरेको फ्रान्सले दोस्रो लेगमा ३-० को जित निकाल्दै विश्वकपमा स्थान पक्का गर्‍यो । उसको जितमा शाकोले २ तथा करिम बेन्जिमाले १ गोल गरे ।

Comments

comments

सम्बन्धित शीर्षकहरु