रोजगारीको अबसर सहित पत्रकारिता तालिम शुरु

हिमाल एफ एम,
सोलुखुम्बु, भाद्र १

हिमाल एफ एमको आयोजनामा सोलुखुम्बुमा आधारभूत पत्रकारिता तालिम शुरु गरिएको छ ।

रेडियोमा रोजगारीको अबसर सहित शुरु ४ दिने तालिममा सोलुखुम्बु, ओखलढुंगा र सोलुखुम्बुका ११५ जनाको सहभागीता रहेको छ ।

पत्रकारितामा लाग्न चाहने ईच्छुकको क्षमता अभिबृद्धि गरि रेडियोका रोजगारीको अबसर दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिम प्रश्चात लिखित र प्रयोगात्मक परिक्षा लिईनेछ ।

तालिमको सहजीकरण वरिष्ठ कार्यक्रम उत्पादक उपेन्द्र अर्याल, हिमाल एफ एमका प्रबन्ध निर्देशक भानुभक्त निरौला, पत्रकार सन्तोष राउत र मनोज श्रेष्ठ लगायतले गरिरहनुभएको छ ।

तस्विर/शिखर

Comments

comments

सम्बन्धित शीर्षकहरु