भुकम्प पिडितको रोकिएन गुनासो

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, चैत्र १,

२०७२ साल बैशाख १२ को भुकम्प र त्यसपछिका पराकम्पले लाखौँ संरचना ध्वस्त भए, हजारौँको ज्यान गयो । बाँचेकाहरुले भत्किएका संरचनाको पु्नःनिर्माण अन्तिमचरणमा पुर्याएका छन् । यद्यपी,अझैपनि प्रभावितको सूचीमा नपरेको भन्दै गुनासो सकिएको छैन् । एक रिपोर्ट

भुकम्प पछि भत्किएका संरचना पुर्ननिर्माणका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण गठन भयो । प्राधिकरणले भुकम्प प्रभावित जिल्लाका लाखौ घर तथा विद्यालयका भवनहरु निर्माण गरिसकेको छ तर सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका केही भुकम्प पिडितले भने अझैपनि घर पुर्ननिर्माणका लागि अनुदान पाउन नसकेको गुनासो गरेको छन् ।

प्राविधिक गाउँ गाउँमा खटिए तर प्राविधिकले भुकम्प पिडित नै पहिचान गर्न नसकेको उनिहरुको आरोप छ । गुनासो सर्वेक्षणका लागि आएका प्राविधिकले आवश्यक कागजात लगेपनि प्राधिकरणले लाभग्राहीको सुचिमा समावेश नगरेको उनिहरुले बताएका छन् ।

यता राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई सोलुखुम्बुले भने प्राविधिकको त्रुटि अथवा भुकम्प पिडितले चासो नदिएकाले लाभग्राहीको सूचिमा पर्न नसकेकोहरुले अदालती वैकल्पिक उपाय अवलम्बन गर्न सक्ने बताएको छ । ईन्जिनियिर बुद्धिनारायण श्रेष्ठ


अनुदानका लागि अपिल गरिरहेकाहरुले आफुलाई सरकारले बेवास्ता गरेको भन्दै दवाब समिति समेत गठन गरेका छन् । मुक्तिनाथ शर्माको अध्यक्षतामा गठित समितिले पुनरावेदन अदालतमा रिट हाल्ने समेत तयारी गरेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!