रेडियो एभरेष्ट ९८.१ मेगाहर्जको परिक्षण प्रसारण शुरु, तिन प्रदेशमा सहज पहूँच

शिखर गजरकोटे
सोलुखुम्बु, ७ असोज

सोलुखुम्बुवाट रेडियो एभरेष्ट ९८.१ मेगाहर्जले परिक्षण प्रसारण शुरु गरेको छ । समुद्रि सतह देखि ४४ सय मिटरको उचाईमा रहेको पिकेडाँडावाट शनिबार देखि प्रसारण आरम्भ गरेको हो । पिके सञ्चार प्रा. लि. र हिमाली सञ्चार लिमिटेडको व्यवस्थापनमा संचालनमा आएको रेडियोलाई महत्वाकांक्षि परियोजनाको रुपमा हेरिएको छ । प्रसारणको शुरुवातमै प्रदेश नं १, २ र ३ का २० भन्दा बढि जिल्लामा राम्रो सुनिएको स्रोताले प्रतिक्रिया दिएका छन् । परिक्षणको क्रममा सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, संखुवासभा, सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, धनकुटा, भोजपुर, सिराहा, सप्तरी, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, मोरङ लगायतका जिल्लावाट स्रोता प्रतिक्रिया प्राप्त गरिएको छ ।

२ हजार प्रसारण क्षमता रहेको रेडियोको परिक्षण कालमा २ सय (वाट) क्षमतावाट मात्रै परिक्षण गरिएको छ । ३ वटा प्रदेशका अधिकांश जिल्लाका विभिन्न स्थानवाट स्रोताको राम्रो प्रतिक्रिया पाएपछि संचालक तथा व्यवस्थापक कम्पनी हौसिएको छ । पिके सञ्चार प्रालिका अध्यक्ष पासाङ बोम्बु शेर्पाले हिमाली पर्यटनको प्रवद्र्धनका लागि विश्वकै अग्लो स्थानवाट रेडियो प्रसारण शुरु गरिएको बताउनुभयो ।

सञ्चालन र व्यवस्थापनको जिम्मा लिएको हिमाली सञ्चार लिमिटेडका अध्यक्ष निमा शेर्पाले रेडियोको राज्यको बदलिदो स्वरुप अनुसार स्थानीय तह र प्रदेश बीचमा समन्वयात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै, शेर्पाले हिमाली सञ्चार लिमिटेडको मातहतमा रहेका तिन वटा (हिमाल, खुम्बु र एभरेष्ट) रेडियोलाई विषय गत हिसावले जनहितका लागि सञ्चालनको गति बढाउने बताउनुभयो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!