रेडियोको प्रभावकारिताका विषयमा लोक–कलाकर्मीको धारणा–सन्दर्भ रेडियो दिवस

सोलुखुम्बु । आम सञ्चारको पहिलो र प्रभावकारि माध्यम रेडियो, अन्य आमसञ्चारका माध्यमको तुलनामा सस्तो र सर्वव्यापी भएकै कारण सुचना सम्प्रेषणको दरिलो माध्यम बन्न पुगेको हो । सुचना सम्पे्रषणमा मात्र होईन स्रोता र कलाकारिता संग जोड्ने अब्बल माध्यम पनि रेडियोलाई मान्न सकिन्छ ।

कलाकर्मीको आफ्ना सृजना र क्षमतालाई रेडियो माध्यम बनेर गाउँगाउँ सम्म पु¥याएकै कारण लोक–कला अझ व्यापक बनाउन सहयोगीको भूमिका निर्वाह गरेको छ । कतिपयले पछिल्लो समय रेडियालाई सम्मान गर्न छाडेको बेला केहि लोक–कलाकर्मीहरुले रेडियोको प्रभावकारिता विषयमा बोलेको छन् ।

Himal Fm

बद्रि पंगेनी (अध्यक्ष – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल)
रेडियोको महत्व, आवश्यकता, प्रभावकारिता हिजो, आज र भोली उस्तै थियो, छ, रहन्छ पनि । रेडियोले नेपाली कलाकारिताको विकास र विस्तारमा पु¥याएको भूमिका प्रति मेरो र संस्थागत रुपमा हार्दिक आभार व्यक्त गर्दछु । आगामी दिनमा रेडियोले नेपाली पहिचान जोगाउने सवाल र सत्य तथ्य समाचार प्राप्तीका लागी नेपाली रेडियो अझ बन्न सकोस्, यहि शुभकामना व्यक्त गर्दछु । नेपाली गीत संगीतलाई मूलुकको कुना–कन्दरा सम्म पु¥याउन रेडियो भूमिका अतुलनीय छ ।

विरही कार्की (लोकदोहोरी गायक)
गीतसंगीत, गायकगायिका होस् पा समाजका विभिन्न व्यक्तिका लागी सञ्चारको ठूलो महत्व रहन्छ । एउटा गीतलाई पुर्णता दिन जसरी संगीतको आवश्यकता हुन्छ, सम्पुर्ण संगीतलाई सर्वव्यापी बनाउन रेडियोको आवश्यकता छ । आमस्रोतामा हाम्रा सृजनालाई पु¥याउने सरल माध्यम रेडियो हो । अहिलेको समय सुचारु र प्रबिधिको समय हो । मान्छेले हरेक कुराहरु रेडियोबाट प्राप्त गर्दछन् । आज रेडियो हुन्थेन भने सायद हामी कलाकार सबै सामु यति धेरै परिचित हुने थिएनौ, तर हिजो आज रेडियोलाई मान्छेले गलत प्रयोग गरिरहेका छन् ।

शंकर विरही गुरुङ (लोकदोहोरी गायक)
अहिलेको परिपेक्ष्यमा पनि लोकप्रिय सञ्चारमाध्यम रेडियो हो । यसको पहूँच गाउँ शहरमा छ । ईन्टरनेटको पहूँच संगै दशेविदशेमा पनि अनलाईन रेडियोको माग बढ्दो छ । रेडियोको लोकप्रियता स्रोता सहभागीतावाट पनि मुल्यांकन गर्न सकिन्छ । रेडियो र रेडियोकर्मीको गुणात्मक विकासमा सबैको ध्यान जान सकोस् । शुभकामना ।

घनश्याम रिजाल (लोकदोहोरी गायक)
मूलुकमा रेडियो नेपालको स्थापना र पछिल्लो क्रममा रेडियोको संख्यात्मक स्थापनाले जनताको सूचनामाथीको पहूँचलाई अझ बलियो बनाएको छ । रेडियोले गाउँगाउँका जनमानसमा सहि चेतना प्रवाह गर्ने काम गरेको छ । गाउँका आवश्यकतालाई सम्बन्धित निकायसंग जोडेर समाधानको माध्यम बनेको रेडियो भरपर्दो र सरल माध्यम हो । रेडियोको गुणात्मक विकासमा रेडियो उद्यमी तथा कर्मीहरुको ध्यान जाओस्, शुभेच्छा व्यक्त गर्दछु ।

दुर्गा पंगेनी (गीतकार तथा विचारक)
सुचना प्रविधी विकाशको दौडलाई निकै नजिक डबाट नियाल्ने अनुभव गर्ने र भोग गर्ने सौभाग्य पाएको पुष्ता हा,े हाम्रो अहिलेको पुष्ता भनेको । रेडियो भित्र मान्छे कसरी पसेर बोल्न सकेका भन्ने मानसिकता बोकेर रेडियो तरंगको बारेमा सिक्न बुझ्न थालेका हामीहरुका जीवनका अधिकांश सामाजिक कुराहरु रेडियोेले सिकाएको छ । जिल्ला जिल्लामा खुलेका एफएम रेडियोहरुले जगाएको सामाजीक चेतनालाई शब्दमा बयान गर्न गाह्रो छ । समाजमा रहेका कुप्रथालाई हटाउन, राम्रा परम्पराको जगेर्ना गर्न र नयाँ परम्पराको सुरुवात गर्न रेडियो स्टेशनहरुले धेरै नै राम्रो र महत्वपुर्ण भुमिका खेलेको सत्यता जगजाहेर नै छ । चाहे संगीतको विकाश होस या घटना दुर्घटनाको समाचार प्रसारण मा होस रडियोेकर्मी साथीहरुले रात दिन नभनी खटेर योगदान गर्नुभएको छ । रेडियो दिवशको उपलक्षमा म मेरा सम्पुर्ण रेडियोेकर्मी साथीहरु लगायत देशभरी रहेका रेडियो स्टेशनमा कार्यरत जनशक्तीहरुलाई शुभकामना दिन चाहन्छु । तपाईहरुको योगदानको कारण समाजमा आएको सापेक्षित परिवर्तनले तपाईहरुमा अझै काम गर्ने उत्साह थपोस् र समाज लाई अझै उन्नती तर्फको गति प्रदान गरोस भन्ने सुभेच्छा प्रकट गर्न चाहन्छु ।

प्रियजन राई (पुर्वेली गायक तथा सर्जक)
अहिलेको समयमा रेडियो बिनाको संसार कल्पनै गर्न सकिँदैन, अझ हामी कलाकर्मीको सबैभन्दा नजिकको अभिन्न मित्र भनेकै रेडियो नै हो, किनभने हामीले सिर्जना गरिसकेका नयाँ सिर्जना सबैभन्दा पहिले रेडियो मै पुग्छ, तब सारा स्रोतामाझ हाम्रो सिर्जनाको सहि मुल्यांकन हुन्छ जब रेडियोबाट हाम्रो गीतसंगीत प्रसारण हुन्छ, यस अर्थमा पनि हाम्रो नजिकको मित्र भनेकै रेडियो हो, हाम्रो सिर्जना रेडियो बाटै आमस्रोता माझ पुग्ने हुदा सहि र भरपर्दो सूचना र संचारको एउटै बिकल्प भनेकै रेडियो हो । दिवसको अबसरमा सम्पुर्ण रेडियोकर्मी अनि रेडियो सुन्ने सबै स्रोताहरुलाई सम्झन चाहन्छु ।

कृष्ण सुवेदी (लोकदोहोरी गायक तथा सञ्चारकर्मी)
ताजा सुचना र निष्पक्षताको लागी रेडियोलाई लिन सकिन्छ । आम सञ्चारका दर्जनौ माध्यम बजारमा आएपनि सर्वव्यापी पहूँचमा पुगेको एउटा माध्यम त्यो रेडियो नै हो । त्य कारण पनि रेडियो प्रतिको विश्वसनीयता बढाउन रेडियो सामाग्रीहरुलाई गुणात्मक रुपमा विकास गर्न तर्फ रेडियो सञ्चालकहरु लागी पर्नुपर्ने आवश्यकता छ । सवैलाई शुभकामना ।

कमल सरगम (सर्जक तथा सञ्चारकर्मी)
रेडियो एउटा आवाज बुलन्द पार्ने माध्यम हो । चाहे श्रोताको लागि होस् या कलाकारहरुको लागि सबैको सृजना र मनोरंजन समाचारको एउटा फरक त्रिबेणी हो । मैले पनि रेडियोमा बोल्न लागेको ५ बर्ष बितेछ । सायद, रेडियो के हो भन्ने बुज्न सकिएको थिएन भने आज आवाजको माध्यमबाट बिकृतिको खबरदारी गर्ने अाँट आउने थिएन । रेडियोले कशल पत्रकार देखि सहि श्रोता र कलाकारहरुलाइ एकै थलोमा बाध्ने काम गरेको छ । मेरो बुझाइमा रेडियो एउटा आवाजको लागि मात्रै हैन, समग्र समाज देखि देश परिवर्तन गर्नको लागि महत्वपूर्ण माध्यम हो । पछिल्लो पटक रेडियोको प्रभाब भने अलिक कम भए जस्तो देखिएको छ तर सबै भन्दा बढि रेडियोनै सुनिन्छ, चाहे मेला पातमा जादा होस् या काम धन्दामा व्यस्त हुदा होस् सजिलो माध्यम नै रेडियो हो ।

प्रिया सेन्चुरी (गायिका)
रेडियो सञ्चारको महत्वपुर्ण माध्यम हो, जुन सर्वसुलभ छ । समाज परिर्वतनको संवाहकको रुपमा रेडियोलाई लिईन्छ । टेलिभिजन लगायतका अन्य सञ्चारका माध्यम नपुगेको ठाउँमा पनि रेडियोको पहूँच पुग्ने हुनाले रेडियो गरिबको साथी पनि हो ।

प्रस्तुती – शिखर गजरकोटे

Comments

comments

सम्बन्धित शीर्षकहरु