रुसी राष्ट्रपतिको कार दुर्घटनाग्रस्त, चालकको मृत्यु

ccccमस्को, भदौ २२ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिको कार दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा राष्ट्रपति पुटिनका चालकको मृत्यु भएको रुसी अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति पुटिनको बीएमडब्ल्यू कार दुर्घटना भएको हो । मस्कोको व्यस्त सडकमा सो कार विपरीत दिशाबाट आइरहेको अर्को कारसँग ठोक्किएको हो ।

दुर्घटनाको समय राष्ट्रपति पुटिन भने सो कारमा नरहेको बताइएको छ ।

अधिकारीहरुका अनुसार पुटिनको निकै प्रिय चालकले उक्त कार गुडाएका थिए । उक्त कार रुसी परिषदको माथिल्लो सदनमा पञ्जीकृत भएको बताइएको छ ।

पुटिनको कारसँग ठोक्किएको मर्सिडिज कारका चालक भने गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

प्रहरीले दुर्घटनाबारे छानविन भइरहेको भन्दै थप विवरण सार्वजनिक गरेको छैन ।

दुर्घटनामा मृत्यु भएका चालकको परिचय खुलाइएको छैन । यद्यपी उनी चार दशकदेखि सरकारी चालकका रुपमा सेवामा रहेको जनाइएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु