‘रुदैँ धरर’ बर्ष गीत घोषित हुदै दिलायो अर्वाड

सोलुखुम्बु । गायक धर्मराज पोखरेललाई समसामयीक लोक गीत ‘रुदैँ धरर’ले विन्ध्यवासिनी म्यूजिक अर्वाड दिलाएको छ ।

पोखरेलले गत मंसिर ७ गते राजधानीमा सम्पन्न कार्यक्रममा बर्ष गीतको अर्वाड उचालेका हुन् । यसअघि मंसिर ३ गते सम्पन्न सगरमाथा म्यूजिक अर्वाडमा पुर्वेली गीत ‘दुई दिने चोला’वाट अर्वाड पाएका थिए ।

‘रुदैँ धरर’मा बुढेशकालमा हेलित हुने बृद्धबाआमाको पिडादायीक भावनालाई गीतमा उतारिएको छ । प्रल्हाद सुबेदीको गीत लेखन र बुद्धिराम शर्माको भाकामा तयार भएको गीतमा गायक पोखरेल र गायिका देवी घर्ति मगरले स्वर दिएका छन् ।

गीतको भिडियो चितवन, पोखरा लगायतका क्षेत्रमा छायांकन गरिएको हो ।

 

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!