राष्ट्रपतिद्वारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ , १५ असार-
राष्ट्रपति डा. रामवरण यादवले नेपाल सरकारको आव २०७१/०७२ को नीति तथा कार्यक्रम सदनसमक्ष प्रस्तुत गरेका छन ।
व्यवस्थापिका–संसद्को अहिले जारी बैठकमा राष्ट्रपति डा. यादवले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन । नेपालको अन्तरिम संविधान २०६३ अनुरुप राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।

व्यवस्थापिका–संसद्को आजको बैठकको अध्यक्षता सभामुख सुवास नेम्वाङले गरेपछि राष्ट्रपति डा. यादवले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
संविधानसभाको गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले पहिलोपटक यो नीति तथा कार्यक्रम ल्याएको हो । व्यवस्थापिका–संसद्को उपराष्ट्रपति परमानन्द झा उपस्थित छन ।
सम्बोधनको क्रममा राष्ट्रपति डा. यादवले समग्र मुलुकको ध्यान जनचाहनाअनुरुप नयाँ संविधान दिनु नै हो, त्यो नै आधुनिक नेपालको प्रस्थान बिन्दु हा भने ।
उनले सरकार सबै पक्षलाई समेटेर लैजान विश्वास व्यक्त गर्दै स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखी विकास र सुशासनलाई अनुभूति हुने गरी अगामी बजेट विनियोजित हुने बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु