राष्ट्रपतिद्वारा पुननिर्माण सम्बन्धी अध्यादेश जारी

Rambaran_Yadav_20120708082034हिमाल एफ एम, ७ असार – राष्ट्रपति डा रामवरण यादवले आज ‘भूकम्प प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश–२०७२’ प्रमाणीकरण (जारी) गरेका छन् ।

आइतबार साँझ भएको मन्त्रिपरिषद् बैठकले अध्यादेश पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको थियो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता चक्रबहादुर बुढाले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा ९१० बमोजिम सो अध्यादेश प्रमाणीकरण भएको जनाइएको छ ।

अध्यादेशमा पुनःनिर्माणका लागि प्राधिकार प्राप्त प्रधानमन्त्रीको अध्यक्षतामा परामर्श समिति, नीति निर्माण र अनुगमनका लागि बेग्लै समिति तथा एक प्रमुख कार्यकारी अधिकृतको व्यवस्था भएको बुझिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!