राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौं, भदौ २२ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन विधेयक, २०७४ प्रमाणीकरण गरेकी छन् ।

व्यवस्थापिका–संसदको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेस भएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु