राष्ट्रपतिको चुनाव गर्नुपर्ने एमाले स्थायी कमिटीको माग

हिमाल एफ एम मा १४- सरकार गठनमा सहयोग गर्न नेपाली कांग्रेसले पठाएको पत्रको जवाफ दिन बसेको एमाले स्थायी कमिटीको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्ने निश्कर्ष निकालेको छ ।

CPN_UML_officeमंगलबार दिउँसो बसेको स्थायी कमिटीको बैठकले मंसिर ४ को चुनावबाट प्राप्त नयाँ जनादेश वमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने औपचारिक निर्णय गरेको हो । यद्यपि सरकार निर्माणका लागि कांग्रेसले पठाएको औपचारिक पत्रप्रति एमालेले सकारात्मकरुपमा अघि बढ्ने निर्णय गरेको छ । कांग्रेसले पठाएको पत्र पाएपछि एमालेले सरकारमा जाने संकेत गरेको छ ।

स्थायी कमिटीको बैठकले कांग्रेसको पत्रलाई सकारात्मक रुपमा लिँदै कांग्रेसको पत्रको जवाफ बुधबार दिने जनाएको छ । कांग्रेससँग मिलेर सरकार निर्माण गर्दा हुन सक्ने सत्ता समीकरणको विषयमा स्थायी कमिटीमा छलफल भएको थियो ।

पटक-पटक स्थगित भएर मंगलबार बसेको स्थायी कमिटीले संसदीय दलको नेता चयनसम्बन्धी प्रस्तावमा भने मंगलबार कुनै छलफल गरेन । संसदीय दलमा अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता केपी शर्मा ओलीले स्पष्ट दाबी प्रस्तुत गरेपछि संसदीय दलको नेता चयनबारे एमालेमा अन्योल छ ।

 

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!