रावाबेसी पालिकाद्धारा प्रहरीलाई दशै मनाउन एक लाख प्रदान


हिमाल एफ.एम.
सोलुखुम्बु, असोज १९

खोटाङको रावावेशी गाउँपालिकाले अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरीका लागि दशैँ मनाउनका लागि एक लाख प्रदान गरेको छ

दशैको समयमा घर जाननपाएका प्रहरीका लागि मौलो पुजा (खसि÷बोका) खरिदका लागि एक लाख प्रदान गरेको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिए ।

गाउँपालिकाले अस्थायी प्रहरी पोष्ट हरमटार, अस्थायी प्रहरी चौकी डुम्रेधारापानी, खार्पा, जाल्पा, नुनथला र विमानस्थल सुरक्षागार्डका लागि दशैँ मनाउनका लागि नगद प्रदान गरेको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु