रावाबेसी गाउँपालिका : ६ जना ज्येष्ठ नागरिक सम्मानीत

खोटाङ, भदौ २७
खोटाङको रावाबेंशी गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई जारी राखेको छ । नेपाली नागरिकताको आधारमा गाउँपालिका भित्र ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइरहेको हो ।

२२ भदौबाट सुरु गरिएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत शनिबाररावाबेंशी गाउँपालिका–५ दुवेकोलका ६ जना ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई जनही ५-५ हजार नगद प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिए ।

दुवेकोल वडा कार्यालयको प्राङगणमा रावाबेंशी गाउँपालिका अध्यक्ष निरौलाले ९० वर्षीया नरमाया भुजेल, ९१ वर्षीया तिल कुमारी सार्की, ९२ वर्षीया धनकुमारी निरौला, ९२ वर्षीय समरजीत घले र ९३ वर्षीय मेख बहादुर गुरुङलाई दोसल्ला ओढाई सम्मान वापत पाउने नगद हस्तान्तरण गरेका छन् ।यस्तै, ९४ वर्षीय राज बहादुर गुरुङलाई भने उहाँकै घरमा पुगेर सम्मान गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!