सोलुखुम्बु । भर्सटायल गायकका छवि बनाएका गायक राजेशपायल राईको स्वरमा रहेको ‘याद यति’ बोलको गीत सार्वजनिक गरिएको छ ।
गीत गीतकार महेन्द्रदीप राईको लेखन र कृष्ण राईको संगीतमा तयार भएको हो । गीतकार र संगीतकार दुवै सोलुखुम्बुमा जन्मेका हुन् ।
नोर्वु शेर्पाको संगीत संयोजनमा तयार भएको गीतको स्टुडियो भिडियो हाईलाईटस् नेपालको यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
याद यति बल्झिन्नथ्यो गुन नभएको भए
पिरतीको गुञ्जिरहने धुन नभएको भए
गीतको भिडियो निर्माण गाउँले ईन्टरटेन्टमेन्टले गरेको हो ।